January 20th, 2012
गणेशमानका ड्राइभर सानु मानन्धरलाई गणेशमानले कहिल्यै ड्राइभर ठानेनन् । उनी सानुलाई सुख-दुःखको साथी ठान्थे ।
उनकी जहान बिरामी थिइन् । टिचिङमा भर्ना गरिएको थियो । गणेशमान एक्लै टिचिङसम्म आउँथे । औषधि खर्च के छ ? सोध्थे । र, परेको बेहोर्थे । एक दिन उनले भने, ‘आज पोखरा जान्छु, भोलि आउँछु सानु ।’
भोलिपल्ट सानुले सुने- पोखरामा गणेशमान बिरामी परे । कुर्सीमा बसेका उनी उठ्नै नसक्नेगरी ढले । अहिले वीर अस्पतालमा छन् ।’ सुन्नेबित्तिकै उनी वीर अस्पताल पुगे । गणेशमानलाई उपचारका क्रममा ‘फलामको टोपी’ लगाइएको थियो । त्यो टोपी उनको टाउकोबाट फुकाल्न नपाउँदै गणेशमानकी
Posted in Uncategorized | 1 Comment »
January 20th, 2012
अलिकति त चाख न हो..’ चितवन, भोर्लेकी विष्णुमाया गुरुङले कपभरि लोकल रक्सी तेस्र्याउँदै भनिन् । ‘हामी त खाँदैनौ,’ हामीले उनको मदिरा आमन्त्रण अस्वीकार गर्यौँ ।
‘हो र ? हाम्रो त जातैले पाएको नानी !’ उनी फर्किइन् र पानी लिएर आइन् ।
भोर्लेमा बुद्ध जयन्तीको वेला पारेर घाटुनाच नाचेको समयमा संयोगले हामी पुगेका थियौँ । धेरैजसो सहभागीका हातमा लोकल भरिएको कप थियो र आँखामा नशा ।
उनीहरूलाई थाहा भइसकेको रहेछ हामी कुनै मिडियामा काम गर्छाै । त्यसैले उनीहरूको हेराइ अपेक्षाले भरिएका देखिन्थे । अधिकांशका आँखाले ‘मेरो फोटो खिचिदेऊ न’ भनेजस्तो लाग्थ्यो ।
Posted in Uncategorized | No Comments »
January 20th, 2012
कृष्ण धरावासी महिला संवेदनालाई गहिरोसँग साहित्यमा उतार्ने नेपाली लेखकमध्ये एक हुन् । मदन पुरस्कार विजेता उनको उपन्यास ‘राधा’ ले धेरै पाठकको मन छोएको थियो । त्यस्तै, उनको चर्चित कथा ‘झोला’ पढेर रुने धेरै छन् । नारी संवेदनालाई सूक्ष्म रूपमा केलाउन सक्ने क्षमता कहाँबाट आयो होला धरावासीमा ?
‘आमाको दुःख देखेर,’ बागबजारस्थित होटल अशोकामा घ्यू रङको पाइजामामा भेटिएका धरावासीले भने ।
आफ्नी आमाको दुःख कुन सन्तानले देख्दैनन् र ? सबैलाई उनको संवेदनाले छुन्छ त ?
‘त्यसमा म भाग्यमानी’ भर्खर रंगाएको रातो कपाल सुम्सुमाउँदै धरावासीले सुनाए, ‘म आमाको छोर
Posted in Uncategorized | No Comments »
January 20th, 2012
केही दिनअगाडि उत्तरी अफगानिस्तानमा एक महिला र एक पुरुषलाई अवैध सम्बन्ध राखेको आरोपमा त्यहाँको एक विद्रोही समूहले ढुंगा हानेर मार्ने निर्णय सुनायो । कानुन र सरकारको कुनै उपस्थिति नभएको अफगानिस्तानमा कुनै अतिवादी समूहको मनोमानी निर्णय नै कानुन हुने गरेको छ । अन्ततः त्यस जोडीलाई भीडले ढुंगा हानेर मार्यो ।
त्यस समाचारको विषयमा अफगानिस्तानको सलाम वान्तादार रेडियोका खेलकुद रिपोर्टर इब्राहिम मोहम्मदलाई मैले इमेलमार्फत सोधेँ, ‘तिमीलाई यो समाचार कस्तो लाग्यो ? तिम्रो देशका लागि लज्जाको विषय होइन यो ? तिम्रो देशमा मानवताको यो हदसम्म उल्लंघन हुँदा पनि तिमी प
Posted in Uncategorized | No Comments »
January 20th, 2012
भीमबहादुर तामाङ कांग्रेसमा चोखा नेता मानिन्छन् । उनी आफ्नो प्रचार गर्न रुचाउँदैनन् । त्यसैले हो कि, उनी आदर्शवादी र बिपीप्रेमी भए पनि चुनावमा भने पटक-पटक हार्छन् । पोखरा अधिवेशनमा केन्द्रीय सदस्यबाट समेत हात धोएका तामाङ पटक-पटक मन्त्री बनिसक्दा पनि ‘केही’ जोड्नतिर लागेनन् । उनी सैद्धान्तिकभन्दा पनि बिपीको आन्दोलनको भाव राम्रोसँग बुझेको बताउँछन् । त्यसको प्रभावले होला, उनी जीवन सकेसम्म दागविहीन बनाउन चाहन्छन्, तामाङलाई नजिकबाट नियाल्ने पनि त्यसै भन्छन् ।
अधिवक्ता राधेश्याम अधिकारीले दिएको अनामनगर थापागाउँस्थित घरको एउटा सानो फ्ल्याटमा बस्दै आइरह
Posted in Uncategorized | No Comments »